रोल्पामा गाई काट्दै गरेको अवस्थामा १४ जना पक्राउ
  • मूलधार

रोल्पा । रोल्पामा गाई काट्दै गरेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ रोल्पाको रुन्टिगढी गाउँ पालिकाको वडा न. ५ स्थित बाइजा गाउँमा गाई काट्दै गरेको भन्ने खबर पाए लगत्तै घटना स्थलमा पुगेको प्रहरी टोलीले गाई काट्दै गरेको अवस्थामा १४ जनालाई पक्राउ गरेको हो।

घटनामा संलग्न ८ जना महिला र ६ जना पुरुष गरि १४ जना लाई नियन्त्रणमा लिइ थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय होलेरिका प्रमुख प्रहरी निरीक्षक मधुसूदन बिश्वकर्माले बताए ।

  • September 2, 2022 प्रकाशित
  • सम्बन्धित