काठमाडौं । चीन भन्नेबित्तिकै प्रविधि र विकासले फड्को मारेर दुनियाँ अचम्मित तुल्याउने देशका रुपमा परिचित छ । कुनै समय भोकमरीको भुमरीमा रुमलिएकाे चीन आज विश्वकै शक्तिशाली राष्ट्रका रुपमा उभिएको छ । र, चीन झन् झन् मजबुत शक्तिका रुपमा अघि बढिरहेको छ ।
विश्वमै बुलेट रेलको नयाँ विकल्प अघि सारेको चीन देशभर ‘एक्सप्रेसवे’ लाई निरन्तरता दिइरहेको छ । एक्सप्रेसवेलाई निरन्तरता दिने क्रममा गएको मंगलबार उत्तरपश्चिम चीनको सिन्च्याङ उइगुर स्वायत्त क्षेत्रलाई जोड्ने नयाँ एक्सप्रेसवे मार्ग खुला गरिएको छ। यसले आन्तरिक क्षेत्रका बासिन्दाहरूको यात्रालाई थप सहज बनाउने र स्थानीय अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई बढावा दिने अपेक्षा गरिएको छ।
लगभग ३०० किलोमिटर फैलिएको एक्सप्रेसवे यतिम्बुलक टाउनशिप र रुओछियाङ काउन्टी जोड्ने यो एक्सप्रेसवे देश जोड्ने नेटवर्कको एक महत्वपूर्ण भाग हो। प्रतिघण्टा १२० किलोमिटरको गतिमा डिजाइन गरिएको यो सिन्च्याङ क्षेत्र बाहिरका ठाउँहरूसँग जोड्ने तेस्रो द्रुतमार्ग हो। हालसम्म सिन्च्याङमा एक्सप्रेसवेको माइलेज ७,५०० किलोमिटर नाघेको छ।
सिन्च्याङले आफ्नो यातायात सुधार गर्न ठूलो लगानी गरेको छ। जनवरीदेखि अगस्टसम्म यस क्षेत्रमा ५१.८ बिलियन युआन (करिब ७.५ बिलियन अमेरिकी डलर) भन्दा बढी लगानी गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १.१५ गुणा बढी हो। अहिले चीनको विकासको यो गतिले दुनियाँ चकित भइरहेको छ ।
हेरौँ तस्वीरमा सिन्च्याङ क्षेत्रको एक्सप्रेसवे :
तस्वीर : सिन्ह्वा