कक्षा १२ मा एनजी ल्याउने विद्यार्थीले असोज ३० र ३१ गते ग्रेड वृद्धि गर्न पाउने
  • मूलधार

काठमाडौं । कक्षा १२ को परीक्षामा दुई विषयसम्म नन ग्रेडिङ अर्थात् एनजी ल्याउने विद्यार्थीले ग्रेड वृद्धि गर्न पाउने छन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको परीक्षाफलअनुसार १ लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन् ।

ग्रेड वृद्धि परीक्षा यहिँ असोज ३० र ३१ गते सञ्चालन हुने बोर्डले जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना सहभागी थिए ।

यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याउन सफल भएएका छन् । यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ३० हजार १०७ जना, २.८१ देखि ३.२० ल्याउने ६५ हजार २८४ जना, २.४० देखि २.८० ल्याउने ६४ हजार ९३ जना, २.१ देखि २.४० जीपीए ल्याउने १० हजार ९ सय र १.६१ देखि २ जीपए ल्याउने ३५ रहेको बोर्डले जनाएको छ ।

यसैगरी १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका छन् । जसमध्ये १ लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउने छन् । बोर्डका अनुसार विद्यार्थीले कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ उल्लेख हुनेछ ।

  • September 2, 2022 प्रकाशित
  • सम्बन्धित