फनपार्कले काठमाडौं महानगरलाई बुझायो १७ लाख ३६ हजार रुपैयाँ मनोरन्जन कर
  • मूलधार

काठमाडौं । भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले कर तिरेको हो ।

फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी छ। व्यवसाय कर भने वडामा बुझाउनु पर्ने नियम छ।

समाज कल्याण परिषदले ६० रोपनी जग्गा फनपार्कलाई भाडामा बुझाए पनि फनपार्कले विगत ७ वर्षदेखि कर तिरेको थिएन । बुधबार महानगरले २४ घन्टाभित्र कर बुझाउन अल्टिमेटम दिएपछि फनपार्कले कर तिर्न थालेको छ । अल्टिमेटमअनुसार बिहीबार फनपार्कले मनोरञ्जन कर मात्र बुझाएको छ ।

  • September 1, 2022 प्रकाशित
  • सम्बन्धित