काठमाडौं । नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ काठमाडौं क्षेत्रका लागि आफ्ना उम्मेदवारको नाम सिफारिस गरेको छ । एमालेले क्षेत्र नम्बर ४ का लागि राजन भट्टराईको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
भट्टराई २०७४ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भएका थिए। फेरि पनि भट्टराई थापासँगै क्षेत्र नम्बर ४ बाट निर्वाच भिड्दै छन् । गगन थापाले भने यस क्षेत्रबाट आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एमालेले क्षेत्र नम्बर ५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सर्वसम्मत सिफारिस गरेको छ । पोखरेल २०७४ को चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका हुन्।
क्षेत्र नम्बर २ बाट मणिराम फुयाल, क्षेत्र नम्बर ३ बाट कृष्ण राई, क्षेत्र नम्बर ८ बाट राजेश शाक्य, काठमाडौं क्षेत्र नम्बर १ बाट विदुर मैनाली, रूपनारायण श्रेष्ठ, टीकाराम भट्टराईको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिनाको नाम सिफारिस गरिएको छ । काठमाडौं क्षेत्र नम्बर ७ बाट इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरेको नाम सिफारिस भएको छ ।
काठमाडौं क्षेत्र नम्बर ९ बाट कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य र नवराज भट्टको नाम सिफारिस भएको छ। क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जनको नाम सिफारिस भएको छ।