‘सिते बा’ काठमाडौं-५ बाट चुनाव लड्ने, समाए ‘लौरो’
  • मूलधार

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा ‘सक्किगोनि’ हाँस्य टेलिश्रृंखलाका कलाकार मधुसुदन पाठक अर्थात् सिते बा पनि स्वतन्त्र उम्मेदवार बन्ने भएका छन् । उनी काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवार बन्न लागेका हुन्।

बिहीबार ललितपुरमा आयोजना गरिएको ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ घोषणा कार्यक्रममा उपस्थित भएका पाठकलाई लौरो अभियानले उम्मेदवार बनाएको छ ।

उनीसँगै लौरो अभियानका संयोजक सुमन सायमि काठमाडौं –८ बाट निर्वाचन लड्दैछन् भने काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा भएको छ ।

यसैगरी लौरो अभियानले भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा सिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवार बनाएको छ । सबै उम्मेदवारले एउटै चुनाव चिन्ह र घोषणा पत्रमा चुनाव लड्ने भनिएको छ । लौरो अभियानले पुराना पार्टीका पूराना नेताहरूलाई आगामी चुनावबाट विस्थापित गरेर नयाँ नेतृत्व चयन गर्ने दाबी गरेको छ ।

  • September 1, 2022 प्रकाशित
  • सम्बन्धित