एमाले जिल्ला अध्यक्ष तथा सांसद रतन थापा रेशम चौधरीको पार्टीमा प्रवेश
  • मूलधार

काठमाडौं । नेकपा एमाले कैलाली जिल्ला अध्यक्ष तथा प्रदेश सांसद रतन थापा एमाले परित्याग गरी जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

थापासहित पूर्व सांसद हिमाञ्चल भट्टराई र कैया चौधरीसहितका एमाले नेता कार्यकर्ता एमाले परित्याग गर्दै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

उन्मुक्ती पार्टीले बिहीबार काठमाडौमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरुलाई उन्मुक्ती पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी प्रवेश गराएकी हुन् ।

  • September 1, 2022 प्रकाशित
  • सम्बन्धित