काठमाडौं । आगामी ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हास्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले पनि उम्मेदवार दिने भएका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ५ बाट जिग्रीले प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिन लागेका हुन् ।
जिग्रीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने सोच बनाएपछि उनीनिकट साथीभाइहरले उनको ब्यानर बनाएर सामाजिक सञ्जालमा भाइरल बनाइरहेका छन् ।
जिग्री भने प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिने विषयमा फाइनल हुन बाँकी रहे पनि उम्मेदवार बन्ने सोच भने बनाएको बताएका छन् । उनका अनुसार उम्मेदवारी दिने सोच बनाएको हो तर त्यसअनुसार साथीहरुसँग छलफल भइरहेको छ । जिग्रीले झापा क्षेत्र नम्बर ५ लड्न खोजेको क्षेत्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।