कुलमान घिसिङलाई माओवादीले काठमाडौं–३ बाट उम्मेदवार बनाउने
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काठमाडौं क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

शनिबार दिउँसो बानेश्वरको एक पार्टी प्यालेसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहभन्दा अब्बल ब्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरेका थिए ।

अध्यक्ष प्रचण्डले यसो भन्नुको मतलब काठमाडौं क्षेत्र ३ बाट कुलमान घिसिङलाई ल्याउन खोजिएको माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईंले बताएका छन् । बजगाइका अनुसार काठमाडौ ३ नम्बर क्षेत्रबाट घिसिङलाई उम्मेदवार बनाउने तयारी भएको छ ।

उनले शनिबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटी बैठकमा प्रचण्डले भनेका कुरा पनि उल्लेख गरेका छन् । शनिबार प्रचण्डले भनेका थिए– ‘हामी उम्मेदवार पनि नयाँ नयाँ मान्छे लिएर आउने सोच्दैछौँ, नयाँ मान्छे, तपाईंहरूले सोच्दै नसोचेको मान्छे ल्याउने विचार छ मेरो पनि ।’

  • August 30, 2022 प्रकाशित
  • सम्बन्धित