काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट अभिनेत्री रेखा थापासहित दुई जनाको नाम सिफारिस भएको छ। राप्रपाले पहिलो नम्बरमा थापाको नाम र दोस्रो नम्बरमा अम्बिकाप्रसाद अधिकारीको नाम सिफारिस गरेको हो।
मोरङ–३ मा २०७४ को निर्वाचनमा एमालेबाट भानुभक्त ढकाल निर्वाचित भएका थिए । उनीसँग नेपाली कांग्रेस उम्मेदवार सुनिल शर्माले प्रतिस्पर्धा गरेका थिए ।
आगामी मंसिरमा हुने निर्वाचनमा भाग लिन लागेकी अभिनेत्री थापाको घर पनि यहिँ क्षेत्रमा रहेको छ । उनको घर सुन्दरहरैंचा १२ सलकपुरमा छ । मिस कोशीको उपाधि जितेर चलचित्रमा प्रवेश गरेकी थापा राजनीतिक जीवन माओवादीबाट सुरु गरेकी थिइन्। माओवादी परित्याग गरेर अहिले उनी राप्रपामा रहेकी छन् ।