खोटाङ प्रदेशसभा ‘क’ तर्फ मविन्द्र राईसहित ४ उम्मेदवारको नाम सिफारिस
  • मूलधार

काठमाडौं । जनता समाजवादी खोटाङले आगामी प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ सदस्यका लागि प्रस्तावित उम्मेदवारहरुको नाम माथिल्लो तह (केन्द्रीय समिति)मा सिफारिस गरेको छ ।

आइतबार जसपाका खोटाङका उपाध्यक्ष पूर्ण राज राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा ‘क’ तर्फ मविन्द्र राईसहित चार जनाको नाम सिफारिस गरेको हो ।

प्रदेश ‘क’ समानुपातिकतर्फ तेजमाया राई, नैनबहादुर कटवाल, बच्चु राई, कमानसिंह राई र झुमा पोखेरलको नाम सिफारिस भएको छ । यस्तै, प्रदेश ‘ख’ तर्फ प्रत्यक्षमा देवराज राई र कुमार राईको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ रमेश राई, लालबहादुर राई, नैनकला राई, रविन खम्बू र चक्रप्रसाद फुयाँलको नाम सिफारिस गरिएको छ ।

प्रदेशसभासँगै प्रतिनिधिसभातर्फ पनि प्रत्यक्ष उम्मेदवारको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ संघीय परिषद् अध्यक्ष अशोककुमार राई र डा. कृष्णकुमार राई सिफारिस भएका छन् । समानुपातिकतर्फ पर्शुराम बस्नेत, देवराज राई, तेजमाया राई, प्रेमकुमार राई र सुनिल चाम्लिङको नाम सिफारिस भएको छ ।

  • August 29, 2022 प्रकाशित
  • सम्बन्धित