काठमाडौं । सम्पर्क अधिकृत तालिमका लागि १ सय ९७ जना प्रशिक्षार्थीहरु लिएर माउण्टेन गाइड एवं प्रशिक्षक छिरिङ जाङबु शेर्पा २ हजार १ सय मिटरको उचाइमा रहेको जामाचो पुगेका छन् ।
प्रमुख प्रशिक्षक छिरिङको नेतृत्वमा शनिबार विभिन्न मन्त्रालयका कर्मचारी र आरोहीहरु जामाचो पुगेर स्थलगत ‘फिल्ड’ तालिम लिएका हुन् ।
प्रशिक्षार्थाीहरुलाई प्रशिक्षण मुख्य प्रशिक्षक छिरिङसँगै गएका माउण्टेन गाइडहरुलेपनि दिएका छन् । प्रशिक्षण कार्यक्रमका आयोजना नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठाननले गरेका हो ।
उच्च हिमाली भेगमा पर्वतीय गतिविधिका लागि जानुअघि अपनाउनुपर्ने विधि, नियम र चरणहरुबारे प्रशिक्षण दिइएको मुख्य प्रशिक्षक छिरिङले बताए । छिरिङका अनुसार उच्च हिमाली भेगमा लगेर एकैचोटी प्रशिक्षण दिन सकिए पनि प्रशिक्षार्थीहरुलाई निकै कष्ट हुने भएकाले प्रारम्भिक सिकाई जामाचोमा गरिएको हो ।
छिरिङ नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका महासचिव हुन् । विश्व मान्यताप्राप्त महासंघले दक्ष माउण्टेन गाइड उत्पादन गर्ने गर्दछ ।