माओवादीले मात्र होइन सबैले हर्क साम्पाङबाट सिकौँ : प्रचण्ड (भिडियाे)
  • मूलधार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले माओवादीले गर्नुपर्ने काम गरिरहेको बताएका छन् ।

शुक्रबार श्रमदान गर्न धरान पुगेका प्रचण्डले सर्दु खोला किनारमा विरुवा रोप्दै मेयर साम्पाङले माओवादीले गर्नुपर्ने काम गरिरहेको बताए ।

उनले भने, ‘खास माओवादीले गर्नुपर्ने काम उहाँले गरिरहनुभएको छ । म पार्टीका साथीहरु र देशका सबै श्रमिक वर्गलाई पनि हर्क साम्पाङको व्यवहार, आचरणबाट प्रेरणा लिन सुझाव दिन चाहन्छु ।’

अध्यक्ष प्रचण्डले मेयर साम्पाङलाई निरन्तरता डटिराख्न, जनताको साथ पाइराख्न पनि सल्लाह दिएका छन् । यस्तै, माओवादीबाटै धरानको उपमेयरमा जितेका अइन्द्रबिक्रम बेघा र मेयर साम्पाङको जोडी असाध्यै सुहाएको भन्दै प्रचण्डले दुवैको कामकारबाही मिले पनि बताए ।

 

  • August 26, 2022 प्रकाशित
  • सम्बन्धित