काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको सहयोग रकम फिर्ता गरेकी छन् । शुक्रबार करिष्मालाई उनकै निवासनजिकको पार्टी प्यालेसमा भेटेर निहारिकाले २१ हजार रूपैयाँ रकम र आफ्नो छोरालाई करिश्माले किनिदिएको चश्मा फिर्ता गरेकी हुन् ।
आफूलाई नषालु पदार्थ सेवन गराएर जबर्जस्तीकरणी गरिएको भन्दै न्यायको ढोका ढकढक्याइरहेकी निहारिका गत असारमा पहिलोपटक अनशन बसेकी थिइन् । अनसनमा निहारिक र उनको छोराको अवस्था देखेर दया भावले करिश्माले २१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् । निहारिकालाई सहयोगपश्चात् करिश्माले निहारिकाको अभिभावकत्व नै निर्वाह गर्ने पनि भनेकी थिइन् ।
तर, निहारिका दोस्रोपटक अनसनमा बस्दा भने करिश्माले निहारिकालाई सहयोग गरेर गलत गरेको र गलत मान्छेलाई चिन्न नसक्दा पछुताउनु परेको उनले फेसबुकमार्फत् भनेकी थिइन् । करिश्माले पछुताउँदै निहारिका निजी तस्वीरहरू सामाजिक सञ्जालमा सार्वजनिकसमेत गरेकी थिइन् ।
करिश्माले दिएको त्यहिँ सयोगार्थ रकम लिएर निहारिका ट्याक्सी चढेर करिष्मा निवास गोदावारी पुगेकी थिइन् । गोदावारी पुगेकी निहारिकाले करिश्मालाई उनको निवासमा भेटिनन् । तीजको रौनक भएका कारण निहारिकाले करिष्मा त्यहिँ नजिकैको पार्टी प्यालेसमा रहेको बुझिन् । र, त्यहिँ पुगिन् ।
पार्टी प्यालेसमा पुगेपछि निहारिकाले करिश्मालाई रकम दिइन् । तर, करिश्माले त्यो रकम लिन मानिन् । निहारिकाले २१ हजार रकम र चस्मा दिन खोज्दा करिश्माले लिन नमानेपछि रकम भुईँमा खस्यो । कसैले भुईँबाट टिपेर करिश्मालाई उक्त रकम थमायो । करिश्माले रकम र चस्मा दुवै लिइन् ।
अति भएपछि करिश्माले पैसा फिर्ता लिदै आफूले मिहिनेत गरेर कमाएको पैसा गलत ठाउँमा प्रयोग नभएको निहारिकालाई जवाफ दिइन्। निहारिकाले पनि करिश्मालाई आमाजस्तै सोचेर त्यतिबेला आर्थिक रकम दिँदा सहर्ष स्वीकारेको बताउँदै अब करिश्माले आफूमाथि दया गर्न आवश्यक नरहेको जवाफ दिइन् ।
करिश्माले दिएको रकम उनैलाई भेटेर फिर्ता गरेपछि करिश्माले आफ्ना तस्वीरहरु पोष्ट गरेको विषयमा कानूनी उपचारमा लाग्ने बताइन् । निहारिकाले आफ्नो गोपनियता उल्लंघन र चरित्रहत्या गरेको आरोप लगाउँदै करिश्माविरुद्ध उजुरी दिने बताइन् ।