गठबन्धनमा सिट बाँडफाँड सकस : जम्मा निर्वाचन क्षेत्र १६५, दाबी २३४, बाबुराम र वामदेव बाँकी नै
  • मूलधार

काठमाडौं । सत्तारुढ गठबन्धनमा दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ-आफ्नो दाबी पेश गरेका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले आफ्नो दाबी राखेका हुन् ।

१६५ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकोमा गठबन्धनभित्र २३४ सिटको दाबी भएको छ । कार्यदलका सदस्य हिमलाल पुरीका अनुसार कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ । एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ ।

बालुवाटारको बैठकपछि उनले भने, कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’

हालै माओवादीको चुनाव चिन्ह लिएर चुनाव लड्ने सहमति गरेका नेताद्वय वामदेव गौतम र डा. बाबुराम भट्टराईलाई तालमेलमा कसरी समेट्ने भन्ने विषयमा वैठकले कुनै निष्कर्ष निकालेको छैन ।

अहिले गठबन्धनमा रहेका दलहरूले १६५ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमै चुनावी तालमेल गर्ने भन्ने समझदारी गरेका छन् ।

 

  • August 26, 2022 प्रकाशित
  • सम्बन्धित