अल्फाबिटामा डोजर चलाएपछि बालेनलाई महेश बस्नेतको धम्की- ‘नियन्त्रणमा लिन नपरोस्’
  • मूलधार

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले बिहीबार नयाँबानेश्वरमा अवैध रुपमा सञ्चालित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएपछि नेकपा एमालेका सांसद महेश बस्नेतले बालेनलाई धम्की दिएका छन् ।

बस्नेतले बालेनले उक्त कदम नरोके नियन्त्रणमा लिन बाध्य हुने फेसबुकमार्फत भनेका छन् । साथै, बालेनलाई अल्फाबिटामा किन डोजर लगाएको भनेर पनि बस्नेतले प्रश्न सोधेका छन् ।

अल्फाबिटाका निर्देशक द्विराज शर्माको बचाउमा उत्रिदै बस्नेतले आफूहरुसँग फोटो खिचाएकै कारण त्यस्तो कदम चलाएको हो भनेर पनि प्रश्न गरेका छन् ।

उनले फेसबुकमा भनेका छन् :

बालेन शाहले अल्फाबिटा कम्प्लेक्स, माथी डोजर किन लगाएको ?
१) नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?
२) हामी संग नजिक भएर या फोटो लिएको कारण ?
८ पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै।
दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्कि र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौ ।
कथित बुध्दिजीवी कल्याण जीहरुले बौध्दिक अराजकता नफिजाएकै राम्रो 

  • August 25, 2022 प्रकाशित
  • सम्बन्धित