मबिन्द्र राई खोटाङ `क’ बाट प्रदेश सांसदको उम्मेदवार बन्ने, को हुन् राई ?
  • मूलधार

काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनमा खोटाङ क्षेत्र नम्बर १ `क’ बाट प्रदेश सांसदका लागि मबिन्द्र राईले उम्मेदवारी दिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालको हलेसी तुवाचुङ नगर अध्यक्ष रहेका राईले प्रदेश सांसदका लागि उम्मेदवारीको घोषणा गरेको जानकारी दिएका हुन् ।

स्थानीय जनतामाझ गहिरो छाप छाडेका राई जनताले पूराना होइन नयाँ नेतृत्व खोजेको बताउछन् । उनका अनुसार जनताले पूराना पार्टीका नेतृत्वकर्तालाई वर्षाैँदेखि निर्वाचनबाट जिताएर पठाए पनि जनताको अवस्था उहिँ अवस्थामा रहेकाले अब नयाँ विकल्प र नयाँ नेतृत्वको खाँचो छ ।

प्रदेश सांसदमा उम्मेदवार किन ? उनी भन्छन्, `पूराना दलहरुले वर्षाैदेखि रजगज गर्दै आए । तर, विकासमा नाममा सिन्का भाँचेनन् । विकास गफमै सीमित भयो । त्यसैले अब पूराना होइन नयाँ नेतृत्वको खाँचो छ । खोटाङका जनतालाई माटो सुहाउँदो नेतृत्व चाहिएको छ । त्यो नेतृत्व हामी लिन तयार छौँ ।’

पूराना दलबाट निर्वाचित भएका सांसदहरुले अझैँ पनि गाउँको विकासका लागि के गर्ने भन्ने नै भेउ नपाएको राई बताउछन् । यस्तै, जनताको मतले जितेर मन्त्री बनेकाहरुले त झनै स्थानीय जनतामा निराशामात्र पैदा भएको उनी बताउछन् ।

`जनताले जिताएर पठाएका सांसद मन्त्री बने । मन्त्री बनेकाले केही लछारपाटो लाएनन्, जनतालाई झन् निराशामात्र दिए । संघीयता स्थापना भएपछि शैक्षिक सुधारका लागि ठूला आवाज गर्नेहरु फर्केर आएनन् ,’ उनी भन्छन्, `संघीयताअनुरुपको विद्यालय व्यवस्थापन र सुधार भएन । पूरानै ढर्रामा पठनपाठन भयो ।’

सम्भावनै सम्भावना बोकेको नगरपालिकाभित्र समस्या समस्याका चाङ रहेकोमा उनी नेतृत्वकर्तालाई कडा प्रश्न गर्छन्, `यहिँ हो विकास ?’  नगरभित्र शिक्षा, कृषि, खानेपानीको चरम अभाव, पर्यटन व्यवस्थापनमा उस्तै समस्या रहेको पनि उनी बताउछन् ।

मुख्यतः संघीयताको मोडेल आएपछि स्थानीयबाट निर्वाचित भएका जनप्रतिनिधिले मोेडेलअनुसार काम गर्न नसक्नुमै उनी प्रश्न उठाउछन् । `संघीयताको मोडेल थाहा पाउनेले हारे । यसकारण पनि अब नयाँ नेतृत्व स्थापना हुनैपर्छ।’

पछिल्लो समय १ नम्बर प्रदेशको विषयमा पनि उनी कडा रुपमा प्रस्तुत भए । प्रदेश नामाकरण हुन नसक्नुमा उनी सत्ता पक्ष र प्रतिपक्ष दलका शीर्ष नेता नै भित्री रुपमा पहिचान दिलाउन नचाहेको उनको आरोप छ । त्यहिँ भुमरीमा अहिले १ नम्बर प्रदेश फसेको र नामाकरण हुन नसकेको उनी ठोकुवा गर्छन् ।

को हुन् राई ?

आगामी प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको दौडमा रहेका राई गाउँ, जिल्लामा राम्रो छाप राख्न सफल छन् । प्राय जिल्ला र स्थानीय जनताकै माझमा रमाउन चाहने राई पछिल्लो समय अध्ययनका लागि काठमाडौंमा छन् । मानवशास्त्र संकातयतर्फ स्नातकोत्तर (थेसिस) गर्दै गरेका राई अब जनतामाझ दक्ष र सक्षम युवावर्गको पहुँच नपुगे जनताको हालत फेरि उहिँ गतिमा पुग्नेमा दुःख व्यक्त गर्छन् । राजनीतिकशास्त्रमा डिप्लो (स्नातक) गरेका राईले नगरमा जसपाबाट अध्यक्ष भएर ४ वर्ष नेतृत्व गरेका छन् । त्यो अवधिमा जनताका सुख दुःखसँग नजिकिएका राई अब तिनै जनताको मुहारमा खुसी ल्याउन मैदानमा उत्रिँदै छन् ।

  • August 23, 2022 प्रकाशित
  • सम्बन्धित