६५८ जनामा कोरोना संक्रमण, एकको मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ३८१ जनाको पीसीआर परीक्षण गर्दा ४०५ जना र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर्दा २५३ जना गरी कूल ६५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यस दिन ४५६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार २९६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल ४ हजार १३४ जना होम आइसोलेसनमा रहेका छन् भने १६२ जना संस्थागत आइशोलेशन र ५० जना आईसीयूमा छन् । साथै, सोमबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ४४ हजार ९४० पुगेको मन्त्रालयले जनाएको छ ।

 

  • August 22, 2022 प्रकाशित
  • सम्बन्धित