काठमाडौं । वीर अस्पतालमा पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न गएकी एक जना महिलाको तीनवटा दाँत भाचिएको विषय सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
नुवाकोटकी ५० वर्षीया राधिका ओझा गत ३० साउनमा पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।
चिकित्सकको टोलीले ३१ गते शल्यक्रिया गर्न उनलाई शल्यक्रिया कक्षमा छिराएको थियो । तर, शल्यक्रिया गरेर फर्किंदा ओझाका अघिल्लो पंक्तिका तीनवटा दाँत थिएनन् ।
उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् ।
आफन्तहरुले चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर, अस्पतालका प्रमुख डा। भुपेन्द्र बस्नेत चिकित्सकले नै लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् ।
पित्तथैलीमा परेको पत्थरी शल्यक्रिया गरेर निकालिसकेको र अब दाँतको पनि उपचार गरिदिने वीर अस्पताल प्रशासनले जनाएको छ ।
‘पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा इन्टुबेसन ९मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया० गर्नुपर्ने हुन्छ,’ डा बस्नेतले भने, ‘त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हो ।’