पुण्य गौतमको उपद्रो : आर्यघाटमा गिरीको चित्ताअघि ‘सेल्फी भिडियो’ खिचेपछि…
  • मूलधार

काठमाडौं । सोसल मिडियामा भाइरल पुण्य गौतम विभिन्न हर्कत गरेर भाइरल बनिरहन्छन् । आफूलाई पीएचडी स्कलर भन्न रुचाउने गौतमले आइतबार पशुपति आर्यघाटमा अनौठो हर्कत र उपद्रो देखाए ।

नेपाली कांग्रेसका नेता एवं सांसदसमेत रहेका प्रदीप गिरीको पार्थिव शरीर आर्यघाटको चित्तामा राखिएको थियो । मलामीहरुको भीडमा गौतम पनि थिए । गौतमसँगै अन्य मलामीहरुले पनि त्यहाँ देखिएको दृश्य क्यामेरामा कैद गरेको देखिन्थ्यो ।

तर, गौतम भने मोबाइल झिकेर तस्वीर होइन ‘सेल्फी भिडियो’ खिच्न थाले । गौतमले बाटो जाम गरेर श्रद्धान्जली दिनेहरुलाई रोकेपछि गाली खाए । गालीका बाबजुद पनि गौतमले सेल्फी भिडियो खिचिछाँडे । भिडियो खिचेपछि गालीलाई बेवास्ता गर्दै हत्तपत्त गोजीमा मोबाइलमा हाले ।

यस्तो घडीमा यस्तो भिडियो खिच्ने हो भन्दै मलामीहरुले उनलाई हप्काए । तर, ज्याद्रो भाइरल गौतमलाई त्यो कुराले छोए पो !

  • August 21, 2022 प्रकाशित
  • सम्बन्धित