चैनको श्वास छैन नेपाली गाउँघरमा
भष्ट्राचारमा प्रतिस्पर्धा सबै दरबारमा
मन साह्रै रुवाउछ मेरै देशको खबरले
समृद्धिको स्वरुप बताऊ सिंहदरबारले ।।
देशको केन्द्र भनी सिंहदरबार चिन्दछन्
दरबारमा संसद किन्ने जाल बुन्दछन्
पटकपटक दोहोरिदा सत्ताको आसनमा
महङ्गी नै उपहार भो तिम्रो शासनमा ।।
जनताको आन्दोलनले व्यवस्था फेरियो
सबैखाले व्यवस्था किन भष्ट देखियो
कस्तो नायक खोजने अबका दिनमा
त्यहीँ कुरा खेलीरहन्छ हाम्रो मनमा ।।
देशको विकास गर्ने हुन्न काम एकलै
देशको विकास गर्नलाई जुटौं बरिलै
नीतिमा चलाउनलाई देशको प्रशासन
उठौं सबै गाउँ ठाउँका जनता जनार्दन ।।