थप ६२३ जनामा कोरोना संक्रमण, ४८७ जना संक्रमणमुक्त
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ९४५ जनाको स्वास्थ्य परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जनामा संक्रमण देखिएको जनाएको छ । थप कोरोना संक्रमितसँगै कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल ४ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने १९० जना संस्थागत आइसोलेसन र ४९ जना आईसीयूमा रहेको छन् । यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको छ । शुक्रबार थप कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४३ हजार ६९७ पुगेको मन्त्रालयले जनाएको छ ।

  • August 19, 2022 प्रकाशित
  • सम्बन्धित