आइतबारदेखि ट्रेड युनियन सञ्जाल नयाँ आन्दोलनसहित सिंहदरबार पस्ने, मन्त्रालयमा कालो ब्यानर टाँग्ने
  • मूलधार

काठमाडौं । संयुक्त ट्रेड युनियन सञ्जालले आइतबारदेखि नयाँ आन्दोलनसहित सिंहदरबार पस्ने भएको छ । नासु बचाउन अभियानपछि ट्रेड युनियन सञ्जालले आइतबारदेखि दोस्रो आन्दोलनको घोषणा गर्दै उक्त दिन सिंहदरबारभित्रै पर्चा वितरण गर्नेदेखि मन्त्रालयपिच्छे कालो ब्यानर र कर्मचारीहरुले हालतमा कालो पट्टी बाँध्ने कार्यक्रम तय गरहेको छ ।

संघीय निजामती सेवा ऐन अविलम्ब ल्याउन माग गर्दै मैदानमा उत्रिएका ट्रेड युनियनकर्मीहरुले आफ्नो आन्दोलन सशक्त ढंगले बढाउने र उक्त कदम अघि सार्दा उत्पन्न भएका परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने विज्ञप्ति नै जारी गरेर भनिएको छ ।

विज्ञप्तिअनुसार भाद्र ५ गते बिहान ९ बजेखि साँझ साढे १० बजेसम्म सिंहरबारमा पर्चा वितरण गर्ने, भाद्र ५ गतेदेखि १७ गतेसम्म सबै कार्यालयहरुमा माग पूरा गर्नका लागि ब्यानरसहित कर्मचारीहरुले हातमा कालो पट्टी बाँध्ने, भादै्र ९ गते प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटेरै ज्ञापनपत्र बुझाउने, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई माग पूरा गर्न घचघच्याउने, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, मुख्य सचिव र सम्बन्धित सचिवसँग ऐनका विषयमा निरन्तर दबाब सिर्जना गरिने भनिएको छ ।

आइतबारदेखि ट्रेड युनियन सञ्जालले आगामी भाद्र १७ गतेसम्म ५ बुँदे विरोधका कार्यक्रम सार्वजनिक गर्दै विरोधमा उत्रिएको छ ।

  • August 19, 2022 प्रकाशित
  • सम्बन्धित