फिनल्यान्डकी प्रधानमन्त्री रक्सीले मातेको भिडियो भाइरल
  • मूलधार

एजेन्सी । फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिन रक्सी खाएर मातेको भिडियो अहिले भाइरल भइरहेको छ ।

एउटा पार्टीमा मरिन झ्याप भएर नाचेको भिडिओ लिक भएसँगै उनी विवादमा परेकी हुन् । लिक भएको भिडिओमा प्रधानमन्त्री मरिनसहित फिलन्यान्डका चर्चित सेलिब्रेटी र उनका साथीहरू नाचगान गरिरहेको देखिन्छ ।

३४ वर्षकी हुँदा मरिन सन् २०१९ मा फिनल्यान्डकी प्रधानमन्त्री बनेकी थिइन् । त्यतिबेला उनी संसारकै सबैभन्दा कान्छी सरकार प्रमुख थिइन् ।

विपक्षी नेताहरूले मरिनले लागुपदार्थ सेवन गरेरनगरेको परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

मरिनले भने आफ्नो सार्वजनिक, पारिवारिक र नितान्त व्यक्तिगत जीवन भएको बताएकी छन् । ‘मैले रक्सी पिएकी हुँ, नाचगान पनि गरेकी हुँ । यी सबै कुरा कानुनी हुन्,’ उनले भनेकी छन् । लागुपदार्थ सेवनको परीक्षण गर्न पनि आफू तयार रहेको बताएकी छन् ।

उनले भिडिओ लिक भए पनि आफूले जीवनशैली परिवर्तन नगर्ने बताएकी छन् । ‘म जस्ती थिएँ, त्यस्तै भएर बाँच्छु,’ उनले भनेकी छन् ।

  • August 19, 2022 प्रकाशित
  • सम्बन्धित