काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दुराष्ट्र पुनर्स्थापना गर्नका लागि आर्थिक सहयोग संकलन अभियानको घोषणा गरेका छन् ।
राप्रपाले बिहीबार विज्ञप्ति नै जारी गरेर ‘कोष वृद्धि’ अभियान शुभारम्भ गर्दै अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र पुनर्स्थापना गर्नका लागि आर्थिक सहयोग संकलनको घोषणा गरेका हुन् ।
जनतालाई गुमराहमा राखेर जनअनुमोदनबिना नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन लागिएकोले सनान धर्म निर्माण गर्न राप्रपाले आर्थिक अभियान थालेको विज्ञप्तिमा भनिएको छ । यस अभियान अघि बढाउन राप्रपा महामन्त्री डा. धवलशमशेर राणाको संयोजकत्व तोकिएको छ ।
यस अभियानका लागि राप्रपाले गरिमा विकास बैंकमा खाता खोलेको छ। बैंकको खाता नम्बर मा जो सुकैले आर्थिक सहयोग गर्न सक्ने छन् ।