काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरुको नामावली अन्तिम चरणमा पुर्याएको छ । बिहीबार साँझ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टुंगोमा पुर्याइएको पदाधिकारीको नाम प्रस्ताव पेश गर्दैछन् ।
महासचिवमा दाबेदार रहेका अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनको नाम काटेर महासचिवमा देव गुरुङ बनाइने पक्का भएको छ । महासचिवका दावेदारद्वय पुन र शर्मालाई उपहासचिव बनाइने निर्णय भएको छ । उनीहरुसँगै गिरिराजमणि पोखरेल पनि उपमहासचिव हुने बताइएको छ ।
यसैगरी उपाध्यक्षको जिम्मेवारी दिनानाथ शर्मासँगै कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई दिइने बताइएको छ । कसलाई कुने जिम्मेवारी भन्ने विषयमा केहीबेरमा पेरिस डाँडा बैठकबाट थाहा हुनेछ ।