काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २ हजार ८२ जनामा पीसीआर परीक्षण गर्दा २२४ र २ हजार ८४८ जनामा एन्टिजेन परीक्षण गर्दा ३१८ जना गरी कूल ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो हो ।
पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । साथै, पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २६५ जना रहेको छ ।