बन्चरेडाँडा फोहोर बोकेर गएका गाडी आज पनि रोकिए
  • मूलधार

काठमाडौं । काठमाडौंबाट बन्चरेडाँडा फोहोर बोकेर गएका गाडीहरु आज पनि रोकिएका छन्।

काठमाडौं महानगरपालिका नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु आज पनि रोकिएको जानकारी दिएका हुन्।

उनले भने,’केहि स्थानीयले आज पनि फोहोरको गाडी रोकेको भन्ने खबर आएको छ। प्रहरीको टोली त्यसतर्फ गइरहेको छ।’

बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि तथा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्ने ४ बुँदे सहमति भएको थियो।

 

  • August 18, 2022 प्रकाशित
  • सम्बन्धित