विश्व कीर्तिमानी सानु शेर्पाको भव्य स्वागत तथा सम्मान गरिँदै
  • मूलधार

काठमाडौ । विश्वमा रहेका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल दोहोर्याएर विश्व कीर्तिमान कायम गरेका सानु शेर्पाको भव्य स्वागत तथा सम्मान गरिने भएको छ । भदौ ४ गते बिहान ९ बजे पाकिस्तानबाट कतारको दोहा हुँदै काठमाडौंमा अवतरण गर्न लागेका उनलाई  त्रिवि विमानस्थलबाटै भव्य स्वागत र सम्मान गरिन लागिएको हो ।

उनको स्वागत र सम्मानका लागि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड तथा नेपाल पर्वतारोही पर्यटनसम्बद्ध विभिन्न संघ, संस्थाको उपस्थित रहनेछ । सरकारतर्फबाट स्वागत तथा सम्मानपश्चात् उहाँलाई नगर परिक्रमा पनि गरिने कार्यक्रम तय गरिएको छ ।

त्रिवि विमानस्थलमा बिहान ९ बजे भव्य स्वागत र सम्मानपश्चात् उनलाई तीनकुने, नयाँबानेश्वर, थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको प्रांगणमा गएर कार्यक्रम समापन हुनेछ ।

 

  • August 18, 2022 प्रकाशित
  • सम्बन्धित