काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई र चर्चित गायक राजेश पायल राईबीच भेटवार्ता भएको छ ।
स्वतन्त्रबाट निर्वाचित नगर प्रमुख साम्पाङ बस्तीस्तरमै आफैं काम गर्न खटिने भएकाले हरेक दिन चर्चामा आइरहन्छन् । संघीय राजधानी काठमाडौं आएकाबेला साम्पाङले राजेश पायलाई उनकै रेकडिङ स्टुडियोमा पुगेर भेटेका हुन् ।
उनीहरुबीच भेटवार्ता भएको मेयर साम्पाङ र गायक राजेश दुवैले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गरेका छन् । गायक राजेश पायलले मेयर साम्पाङको तारिफ गरेका छन् । उनले हर्क साम्पाङ देश भक्त भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्- ‘खोजी हिंडे देशभक्त पाए हर्क साम्पाङ ।’
यसअघि मेयर साम्पाङले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय आविष्कार केन्द्रको अध्यक्ष महावीर पुन र विभिन्न विभागिय मन्त्रीहरुलाई भेटेका थिए ।