जसपा छोडेका हेमराज एमाले प्रवेश गर्दै
  • मूलधार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् ।

राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ ।

नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

  • August 17, 2022 प्रकाशित
  • सम्बन्धित