फुटेर हैन जुटेर अघि बढौं
  • हेमजंग कार्की

जति देश विकास हुनु पथ्र्यो त्यो नभएको अवस्था हामीलाई अवगत नै छ । किन विकास भएन ? के कारण विकास भएन ? विकास नहुनुको कारण के हो ? विकासको बाधक को हो ? भन्ने कुरा हामीले आज बुझ्न सकेनौं भने अझै भोलि दुःख खेप्नु त छँदैछ अझै हाम्रा सन्तनीले पनि यही अवस्था ब्यहोनु पर्ने हुन्छ । पछी हाम्रा सन्ततीले हामीलाई धिक्कार्ने छन् ।

पहिला यो देशकापूर्व ब्यत्तित्व, सम्माननीय ब्यत्तित्व, तत्कालीन राजा महाराजाहरु विदेश भ्रमण गर्दा कति सम्मान हुन्थ्यो । त्यो आज खै ? प्रधानमन्त्रीजस्तो व्यक्ति भ्रमण जाँदा त्यो देशको सामान्यमन्त्री र परराष्ट्र मन्त्रीले सम्मान गरी लिन आएको अवस्था तपाईंहरुले देख्नु भएकै छ ।

अझ भन्ने हो भने त प्रधानमन्त्री विदेश भ्रमण गर्न जाँदा समकक्षीलाई भेट्न खोज्दा भेट्ने समयसम्म नदिएको गुनासो आएको छ ।

पहिला हामी कति धनी थियाैं, तत्कालीन अवस्थामा नेपालले विदेशी ठूला मुलुकलाई सहयोग गरेको हैन ? त्यसकारण अब हामीले पुराना पार्टीका जो–जो मन्त्री भए, सांसद भए, उच्च ओदाहामा पुगे त्यस्ता मान्छेले के–के गरे विकास भन्ने कुरा वुझ्नु आवश्यक छ ।

जो–जो मन्त्री भए, सांसद भए, उच्च ओदाहामा पुगे, उनीहरुले के–के विकास गरे भन्ने वुझ्नु आवश्यक छ । युवासँग जोस् छ । जाँगर छ । पढाई छ । ज्ञान छ । विकासको मोडल थाहा छ । शहर के हो ? विकास के हो ? विकासका आधार के हुन ? भन्ने थाहा छ ।

पुराना अनुहारलाई नयाँ अनुहारले विस्थापीत नगरेसम्म देश विकास हुँदैन । देश समृद्ध हुँदैन । गरिव जनताले मानवताको आभाष गर्न पाउँदैन ।
भर्खर जन्मिएका नयाँ दलका प्रतिनिधी, समाज सुधारका प्रतिनिधी, स्वतन्त्र रुपमा उठ्ने प्रतिनिधी, पुराना पार्टीका राम्रा प्रतिनिधी, भ्रष्टचारविरुद्ध अभियानकारहरुले अहिले घनिघुत छलफल गर्नु पर्ने अवस्था आएको छ ।

यहाँ आफू आफू उठेर जितिँदैन । पुराना पाटीहरु दल, बल र धनमा अब्वल छन् । जसरी पनि जित्नको लागि अघि बड्ने गर्दछन् । जहाँ जो उठ्ने हो उसले जित्ने गरि एक प्रतिनिधी उठाउनु पर्छ । सहयोग पनि गर्नुपर्छ । र, मात्र जित्ने अवसर आउँछ । होइन भने सबै आफू जित्ने अहमता भयो भने पुराना अनुसार नै आउँने हो र फेरी यही कुरामा अल्झिएर वस्ने बाहेक कुनै परिणाम आउँदैन ।

फुटेर हैन जुटेर अघि बढौं । छरिएर हैन समालिएर अघि बढौं । घनिघुत छलफल गराैं । जित्नको लागि नै उमेद्वारी दिनुपर्छ, यसले गर्दा पहिलाको पार्टीले पनि सच्चिने अवसर पाउँछ । नयाँले देश हाक्ने अवसर आँउछ । यहाँ यो दल र त्यो सिद्धान्त भनी अल्झिने हैन ।

जो आएपनि युवा आउँनु पर्छ । किनकी सिद्धान्त फरक भएपनि उसको मनको वहभित्री मनको परिणाम सबैको एकै हुन्छ । अविवाहित पुरुष या महिला जो भएपनि विवाह गर्न चाहाना हुन्छ । सिद्धान्तले जे भने पनि एक आपसमा सामिप्यताको महसुुस हुन्छ । तब मात्रै विकास सहज हुन्छ ।

आज विभिन्न देशमा सानो उमेरका मानिसको ठूलो हुल छ, देश विकास गर्नको लागि । उसँग जोस् छ । जाँगर छ । इनर्जी छ । पढाई छ । ज्ञान छ । विकासको मोडल थाहा छ । शहर के हो ? विकास के हो ? विकासका आधार के हुन ? भन्ने कुरा युवालाई थाहा छ ।

धनि जति सबै यूरोप अमेरीका जालान् । गरिवका छोराछोरीलाई एक छाक भात खान धौँधाैँ छ । त्यो हामीले नै बनाएका छौँ । किनकी नेता रक्सी खुवाउने र मासु भात खुवाउनेलाई भोट दिँदाको परिणाम हामिले त भोग्दै छौँ । अब यो अवस्था हामीले हाम्रा सन्ततीलाई दिन हुँदैन । भोट नयाँलाई गरिखानेलाई हालाैं  पुरानालाई विश्राम दियौं ।

चिसंखुगढी ८, माम्खा, ओखलढुङ्गा ।

  • August 17, 2022 प्रकाशित
  • सम्बन्धित