आगामी निर्वाचनमा ८४ दल भिड्दै (सूचीसहित)
  • मूलधार

काठमाडौँ । आगामी मंसिर ४ गते सुरु हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भाग लिन ८४ वटा राजनीतिक दलहरूले आवेदन दिएका छन् । निर्वाचन आयोगले यसका लागि साउन ३१ गतेसम्मका लागि समयावधि तोकेको थियो । सोही अवधिमा ती दलहरू दर्ता भएका हुन् ।

आयोगले निर्वाचनमा भाग लिन आवेदन दिएका दलहरूको सूची मंगलबार सार्वजनिक गरेको छ । निर्वाचन आयोगका अनुसार अब आयोगले भदौ ८ गतेसम्म दलहरूको निवेदनमाथि अध्ययन एवं छानबिन गर्नेछ ।

यसअघि गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भने ८० दलहरूले भाग लिएका थिए ।

  • August 17, 2022 प्रकाशित
  • सम्बन्धित