काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रमदान गर्न धरान जाने भएका छन् । मंगलबार धरान उपमहानरपालिकका प्रमुख (मेयर) हर्क साम्पाङसँगको भेटमा अध्यक्ष प्रचण्डले श्रमदानमा सहभागी हुन धरान जाने बाचा गरेका हुन् ।
अध्यक्ष प्रचण्डलाई उनकै निवास खुमलटार भेट्न पुगेका मेयर साम्पाङले प्रचण्डलाई श्रमदानका लागि निम्तो दिएका थिए । मेयर साम्पाङको निम्तो स्वीकार्दै प्रचण्डले धरान आउने बाचा गरेका छन्।
प्रचण्डसँगको भेटपछि मेयर साम्पाङले आफ्नो निम्तो स्विकारेको फेसबुकमा लेखेका छन्, ‘आज प्रचण्ड सङ्ग भेट भयो मैले वहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ वहाँले ‘हुन्छ’ भन्नु भो ! हेरौँ कहिले आउनु हुन्छ !’