हर्क साम्पाङ र प्रचण्डबीच भेटवार्ता, भेटवार्तापछि श्रमदान गर्न धरान जालान् त प्रचण्ड ?
  • मूलधार

काठमाडौं । धरान उपमहानगरपालिकाका (प्रमुख) मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

मेयर साम्पाङ अध्यक्ष प्रचण्डलाई भेट्न मंगलबार उपेयर अइन्द्रबिक्रम बेघासँगै प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

नेकपा माओवादीबाट उपमेयरमा निर्वाचित मेघा र मेयर साङपाङ केही दिनअघि काठमाडौंमा छन् । भेटघाटमा धरानमा खानेपानीको मुख्य समस्या रहेको विषयमा कुराकानी भएको छ ।

केही दिनअघि प्रचण्डलाई धरानको श्रम अभियानमा सरिक हुन मेयर साम्पाङले निमन्त्रणासमेत गरेका छन् । प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि मेयर साम्पाङले श्रमदान आउन अपिल गरेका छन् ।

मंगलबार प्रचण्डसँगै अर्थमन्त्री जनार्दन शर्मासँग मेयर साम्पाङ र उपमेयर बेघाले भेटवार्ता गरेका छन् । भेटवार्तामा धरानमा खानेपानीको समस्यालाई हल गर्न संघले यथाशीघ्र सहयोग गर्नुपर्ने दुवैले माग गरेका छन् ।

अर्थमन्त्री शर्माले धरानमा खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका छन् । आवश्यक प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजनाका लागि संघीय सरकारले आवश्यक बजेट जुटाउन पनि उनले बताए ।

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित