काठमाडौं । आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा दल दर्ता गरेको छ ।
मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई संयुक्त दल दर्ता गरेका हुन् ।
दुवै पार्टीबीच आगामी निर्वाचनमा एकै चिन्हबाट चुनाव लड्ने सहमति भएपछि संयुक्त रुपमा दल दर्ता गरिएको छ। मंगलवार बिहान माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले डा.भट्टराईलाई पनि आफ्नै दलको चुनाव चिन्हमा चुनावमा प्रतिष्पर्धा गर्न दिने निर्णय गरेको थियो ।
आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबार (आज)सम्म दल दर्ता गर्ने समय दिएको थियो ।उक्त समयअवधिभित्र माओवादीसँगै नेपाली कांग्रेस पनि दल दर्ता गरेको छ ।