बञ्चरेडाँडामा तनाव : स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीद्वारा हवाईफायर
  • मूलधार

काठमाडौं । बञ्चरेडाँँडामा स्थानीयबासीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि तनाव सिर्जना भएको छ ।

फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि तैनाथ रुपमा खटिएका प्रहरीमाथि नै स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

प्रहरीले मंगलबार माइकिङ नै गरेर स्थानीयलाई फोहोर फाल्नका लागि सम्झाउन खोजेको थियो । तर, माग पूरा नभएसम्म विरोध गरिरहने भन्दै स्थानीयले उल्टै प्रहरीमाथि ढुंगामुढा गरेपछि पाँच राउन्ड हवाई फायर गरिएको छ ।

 

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित