भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो, नेपालमा तत्काल मूल्य नघटाइने
  • मूलधार

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जनाएको हो ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार नयाँ मूल्य हेरफेर भएपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

निगमका अनुसार नेपालले आइओसीलाई साढे १४ अर्ब भारू तिर्न बाँकी रहेको छ। यसरी पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि तिर्नुपर्ने ऋण यथावत रहेकाले तत्काल मूल्य घटाउन नसकिने निगमको भनाइ छ।

नेपालले पेट्रोलियम पदार्थ खरि गरेबापत् आइओसीले हरेक महिना पन्ध्र/पन्ध्र दिनमा आयल निगमलाई नयाँ मूल्य समायोजन गर्ने गरेको छ । र, त्यहिँ मूल्यअनुसार निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्छ ।

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित