राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक, मुख्यसचिवको तलब ८२ हजार ३ सय ५९ (सूचीसहित)
  • मूलधार

काठमाडौं । राष्ट्रसेवक कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक भएको छ । अर्थ मन्त्रालयले साउन १ गतेदेखि लागू हुने गरी निजामती, नेपाली सेना, प्रहरी, स्वास्थ्य सेवा संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीसम्मको नयाँ तलबमान सार्वजनिक गरेको हो ।

सरकारले गत १५ जेठको बजेट भाषण अनुसार नै सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब १५ प्रतिशतले बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–०८० को बजेट भाषणमा १५ प्रतिशतले तलब बढ्ने घोषणा गरेका थिए। उक्त घोषणालाई साउन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले कार्यान्वयन गर्दै तलब वृद्धि गर्ने निर्णय गरेको थियो।

नयाँतलबमानको सूचीमा मुख्य सचिवको तलब ८२ हजार ३ सय ५९ कायम गरिएको छ । यस्तै, नेपाली सेनातर्फ प्रधानसेनापतिको तलब ८२ हजार ३ सय ५९, नेपाल प्रहरीको प्रहरी महानिरीक्षकको तलब ७६ हजार ८ सय ८८, सशस्त्र प्रहरीको प्रहरी महानिरीक्षकको तलब पनि ७६ हजार ८ सय ८८ कायम गरिएको छ।

हेर्नुहोस् सूची :

 

  • August 16, 2022 प्रकाशित
  • सम्बन्धित