काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र को चिन्ह लिएर उठ्ने भएका छन्।
मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले बाबुराम भट्टराई र वामदेव गौतमलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
२०७४ को प्रतिनिधि सभा चुनाव बर्दिया–१ बाट हारेका वामदेव पछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा नियुक्त भएका थिए ।
एमाले विभाजनका बेला कुनै पनि पक्षमा नलागेका उनी पछिल्लो वामपन्थी घटक मिलाउने अभियानमा सक्रिय थिए ।