जातीय विभेदविरुद्ध उत्रिँदै मेलिनाले भनिन्, ‘समानता र न्यायपूर्ण समाजको स्थापना हुनुपर्छ’
  • मूलधार

काठमाडौं । विवाह नै नगरी सम्बन्ध तोडेकी गायिका मेलिना राईले समानता र न्यायपूर्ण समाजको स्थापना हुनुपर्ने बताएकी छन् । प्रेमी सञ्जिव बराईलीसँग ‘इन्गेजमेन्ट’ गरेर सम्बन्धमा ब्रेक लगाएकी गायिका राईले सामाजिक सञ्जालमार्फत समानता र न्यायपूर्ण समाजको स्थापना हुनुपर्ने जरुरी रहेको बताइन् ।

उनले आफ्नो पहिलो निर्णय जातीय विभेद र दोस्रो पितृसत्तात्मक सोचविरु रहेको पनि भनेकी छन् । मान्छे मान्छेबीचमा हुने सबैखालको अन्यायको अन्त्य हुनुपर्ने पनि उनले भनेकी छन् ।

उनले लेखेकी छन् :

मेरो पहिलो निर्णय – समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो ।

मेरो दोश्रो निर्णय – पितृसत्तात्मक सोचको विरुद्धमा हो ।
मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ ।

 

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित