थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार ७३७ जनाको स्वास्थ्य परीक्षण गर्दा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

३ हजार १५५ पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ एन्टिजेन परीक्षण गर्दा ४६१ जना गरी कूल ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको निधन भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ जना रहेका छन् ।

 

 

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित