बञ्चरेडाँडामा फोहोर फाल्न प्रहरी परिचालन, स्थानीयले हाने गुलेली
  • मूलधार

काठमाडौं । बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयबासीसँगै राजनीतिक दल विरोधमा उत्रिएपछि फोहोर खसाल्न प्रहरी नै खटाइएको छ। बञ्चरेडाँडामा फोहोर खसाल्नका लागि काठमाडौं, धादिङ र नुवाकोटका प्रहरीहरू खटिएका छन् ।

आइतबार सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) का जिल्ला नेताहरुले संयुक्त रुपमा विज्ञप्ति निकालेर सदाका लागि बञ्चरेडाँडामा फोहोर फाल्न बन्दको माग गरेका थिए । उनीहरुले स्थानीयको साथमा रहेको भनेपछि सोमबार बिहान फोहोर फाल्न गएका टिपरलाई फोहोर फाल्न अवरोध गरेका थिए।

सोमबार करिब ६० टिपरलाई बाटोमै अवरोध गरेर स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए । स्थानीय अवरोधसँगै आक्रमणमा उत्रिएपछि प्रहरीको टोली त्यहाँ पुगेर फोहोर फाल्न सुरक्षा दिएको थियो ।

स्थानीयले हाने गुलेली

सोमबार फोहोर बोकेर गएका टिपर र सुरक्षाकर्मीमाथि बञ्चरेडाँडाका बासिन्दा विरोधसँगै आक्रमणमा उत्रिएका थिए । आक्रमणमा उत्रिएका स्थानीयहरुलाई लखेट्ने क्रममा स्थानीयले गुलेली प्रहार पनि गरे ।

अहिले प्रहरीले स्थानीयबासन्दिलाई लखेटेर बञ्चरेडाँडामा करिब ५० ट्रक फोहोर खसालेको बताइएको छ । प्रहरीको तैनाथमा ५० ट्रकजति फोहोर जबरजस्ती झारिएपछि स्थानीय ढुंगा मुढामा उत्रिएका थिए । स्थानीयको अवरोधपछि फोहोर फाल्न प्रहरी बञ्चरेडाँडामा प्रहरी तैनाथ छ ।

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित