बीमा समितिमा अधिकांश मुद्दा निर्जीवन बीमा कम्पनीविरुद्ध, कुन वर्ष कति मुद्धा ?
  • मूलधार

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीविरुद्ध बीमा समितिमा आर्थिक वर्ष २०७४–७५ देखि आर्थिक वर्ष २०७८–७९ सम्म कूल ३३३ वटा मुद्दा दर्ता भएका छन् । र, समितिमा मुद्दाका दर्ताका क्रमहरु बढिरहेका छन् । आर्थिक वर्ष २०७८–७९ मा समितिमा बिमा कम्पनीविरुद्ध १५३ वटा मुद्दा दर्ता भएका छन् ।

समितिमा मुद्दा दर्ता हुनेमध्ये सबैभन्दा बढी मुद्दा निर्जीवन बीमा कम्पनीविरुद्ध रहेको छ । ४ वर्षको अवधिमा बीमा कम्पनीविरुद्ध १६० वटा मुद्धा दर्ता भएको देखिन्छ भने निर्जीवन बीमा कम्पनीविरुद्ध ३५७ वटा दर्ता भएको देखिन्छ । मुद्दा दर्तासँगै फैसला पनि भएको देखिएको छ । गत आ.व.मा १५३ वटा मुद्दा फैसला भएका छन् ।

समितिमा दर्ता भएका मुद्दाहरु सामान्य प्रकृतिका रहेका छन् । दावी भुक्तानीका विषयहरु नमिलेपछि उक्त विषयमा समितिमा बीमा कम्पनीविरुद्ध मुद्धा दर्ता हुने गरेको पाइएको छ । कम्पनीविरुद्ध परेका कतिपय मुद्धाहरु कागजात अपुग भएका कारण फैसला हुन ढिलाइ हुने गरेको छ ।

समितिमा दर्ता भएका मुद्धाहरुमध्ये जीवनभन्दा निर्जीवन बीमा कम्पनीविरुद्ध बढी मुद्धाहरु रहेका छन् । समितिका अनुसार आव २०७५–७६ मा १ सय १ वटा मुद्दामध्ये निर्जीवन बीमा कम्पनीविरुद्ध मात्र ७३ र जीवन बीमा कम्पनीविरुद्ध २९ वटा मुद्दा दर्ता भएको देखिन्छ । आव २०७६–७७ मा निर्जीवन बीमा कम्पनी विरुद्ध १ सय १ र जीवन बीमा कम्पनीविरुद्ध २५ वटा मुद्धा दर्ता भएका थिए । जीवन र निर्जीवन गरी उक्त आर्थिक वर्ष १ सय २६ मुद्दा समितिमा दर्ता भएको पाइएको छ।

आव २०७७–७८ मा दर्ता भएका १ सय ३७ मुद्दामध्ये निर्जीवन बीमा कम्पनीविरुद्ध ८४ र जीवन बीमा कम्पनीविरुद्ध ५३ वटा मुद्धा दर्ता भएको देखिएको छ भने आव २०७८–७९ मा निर्जीवन बीमा कम्पनी विरुद्ध १ सय र जीवन बीमा विरुद्ध ५३ वटा गरी कूल १५३ वटा मुद्दा समितिमा दर्ता भएका छन्।

कुन वर्ष कति मुद्धा ?

आर्थिक वर्ष २०७४–७५ को साउनसम्ममा समितिमा १ सय १६ वटा मुद्दा दर्ता भएको देखिन्छ । मुद्धा परेका २६ वटा मुद्दाको फैसला समितिले गरेको थियो भने ७ वटा मुद्दा भने तामेलीमा राखिएको देखिन्छ । बाँकी ८३ वटा मुद्दा उक्त आर्थिक वर्षमा फैसला हुन सकेन।

आर्थिक वर्ष २०७५–७६ मा १ सय वटा मुद्दा दर्ता भएका छन् । समितिले १ सय मुद्धामध्ये ८५ वटा मुद्धा मात्र टुंगोमा पुर्याएको थियो । आव २०७६–७७ मा २ सय २८ वटा मुद्दा समितिमा दर्ता भएका छन् । उक्त मुद्धाहरुमध्ये त्यस वर्ष ९१ वटा मुद्दा दर्ता फैसला भएको थियो भने २ वटा तामेलीमा राखिएको थियो । आव २०७७–७८ मा समितिमा २ सय ७३ वटा मुद्दा परेका थिए । दर्ता भएका मुद्धामध्ये ९३ वटा मुद्दा टुंगो लगाइएको देखिन्छ ।

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित