हायातमा टानको निर्वाचन रौनक (तस्बीर)
  • नवीन चाम्लिङ

काठमाडौं । बौद्धस्थित हायत रिजेन्सी हाटेलमा पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४२, ४३ र ४४औं निर्वाचन भव्य रुपमा हुँदैछ । टानको नयाँ नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

टानको नयाँ नेतृत्व चयनका लागि १ हजार २ सय ४८ जनाले मतदान गर्दै छन् । टानको अध्यक्ष पदमा नेपाली कांग्रेसनिट समूहबाट निलहरि बाँस्तोला र नेकपा माओवादी केन्द्रनिकट समूहबाट कमल सापकोटा प्यानलसहित मैदानमा उत्रिएका छन् । बाँस्तोला प्यानलबाट वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्ष प्रदीप पण्डित, द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, सचिव होमनाथ भट्टराई र कोषाध्यक्षमा पुरुषोत्तम तिमिल्सिना, सहकोषाध्यक्षमा छिङदोर्शी शेर्पा रहेका छन् ।

बास्तोलाकै प्यानलबाट सदस्यहरूमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेशबहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा, हेमबहादुर कार्की तथा महिला सदस्यमा सजना त्रिपाठीले उम्मेदवारी मनोनयन गराएका छन् । अध्यक्षका प्रत्यासी बाँस्तोलालाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घ, नेकपा (एमाले) निकट पर्यटन व्यवसायी सङ्गठन र नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी सङ्गठनले चुनावी तालमेल गरेका छन् ।

सापकोटा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देवकोटा पाण्डे, सहकोषाध्यक्षमा रिञ्जी जाङ्बु शेर्पा र सचिवमा हरि कडरिया रहेका छन् । त्यस्तै सदस्यमा दोर्जे तामाङ, विनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्णबहादुर परियार, रामचन्द्र लामिछाने र शरण अधिकारी रहेका छन् ।

स्वतन्त्रतर्फबाट अध्यक्षमा बोधराज भण्डारीको स्वतन्त्र समूहमा वरिष्ठ उपाध्यक्षमा गणेश न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनले नयाँ अध्यक्षसहित १७ पदाधिकारी तथा सदस्य निर्वाचित गर्नेछ । टानको २५ सदस्यीय कार्यसमितिमध्ये चुनावबाट १७ जना निर्वाचित हुनेछन् भने बाँकी सदस्य मनोनित गरिनेछ । अहिले टानमा एक हजार आठसय ५० हाराहारी व्यवसायी आबद्ध छन् ।

 

  • August 15, 2022 प्रकाशित
  • सम्बन्धित