काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । विधेयकमाथि संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भनेपछि राष्ट्रपतिले भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता गरेको राष्ट्रपति कार्यालयले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘संघीय संसदबाट पुनर्विचार गर्न आवश्यक देखिएको नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेय सम्मानीय राष्ट्रपतिज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।’
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरणका लागि पेश भएको थियो ।