काठमाडौं । पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ८२९ जनामा स्वास्थ्य परीक्षण गर्दा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २ हजार ३०८ पीसीआर परीक्षण गर्दा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षण गर्दा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन् भने ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको मन्त्रालयले जनाएको छ ।