काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षणगर्दा थप ७८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ । शुक्रबार कोरोना संक्रमित बढेसँगै कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।