एकैदिन १०९० जनामा कोरोना संक्रमण, दुईको मृत्यु
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा एकैदिन १०९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ९५८ जनाको पीसीआर परीक्षण गर्दा ६५० जना र ३ हजार ३४२ जनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । साथै, २४ घण्टाको अवधिमा संक्रमितको सख्‍या एक हजार नाघेको छ भने २ जनाको मृत्‍यु भएको छ ।

मंगलबार थप संक्रमितको संख्यासँगै नेपालमा कोरोना सक्रिय कोरोना संक्रमितहरुको संख्या ५ हजार ८ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ८०६ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ ।

  • August 9, 2022 प्रकाशित
  • सम्बन्धित