थप ५५३ जनामा कोरोना संक्रमण
  • मूलधार

काठमाडौं । पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको । मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४० जनाको पीसीआर परीक्षण गर्दा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना गरी जम्मा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । आइतबार थप कोरोना संक्रमितसँगै कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुगेको छ भने २४ घण्टाको अवधिमा ४३३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । यस दिन कसैको मृत्यु नभएको पनि मन्त्रालयले जनाएको छ ।

 

  • August 7, 2022 प्रकाशित
  • सम्बन्धित